कुरा हैन काम गरेर देखाउछु : प्रधानमन्त्री दाहाल

कुरा हैन काम गरेर देखाउछु : प्रधानमन्त्री दाहाल

  • बिहिबार, साउन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौं, साउन २०  ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्राथमिकतामा रहेको भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र संविधानको कार्यान्वयन गर्ने तर्फ सरकार अग्रसर रहने बताउनु भएको छ ।

लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले जनतालाई तत्कालीन राहत दिँदै केही दीर्घकालीन योजना समेत अगाडि बढाउने सोचमा आफू रहेकोले त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनु भयो ।

आफू चुनौतीपूर्ण अवस्थामा मुलुकको कार्यकारी प्रमुखको रुपमा निर्वा्चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । बाढी पहिरो पिडितलाई राहत तथा पुनःस्थापना गर्ने, सहिद बेपत्ता परिवारलाई राहत तथा सरकार भएको अनुभव दिलाउने उहाको भनाई छ ।

उहाँले आफ्नो नेतृत्वको सरकारको प्राथमिकतालाई उल्लेख गर्दै भन्नुभयो, ‘आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण, मधेसी, थारु, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्ने, संविधानको कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचनतर्फ लैजाने र लामो समयदेखि अवरुद्ध हुँदै आएको भूकम्पपछिको पुनःनिर्माण अभियानलाई तीव्रता दिनु नै प्रमुख रहेको छ ।’

बेरोजगार युवालाई मुलुकभित्रै रोजगारी दिन आफूले केही नयाँ कार्यक्रम अगाडि सार्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउन पहल गर्ने उहाँको कथन थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ