काठमाडौं ,२० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको मन्त्रीमण्डल गठन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले काग्रेसबाट दुई र माओवादी केन्द्रका तीन मन्त्री समेटेर ६ सदस्यीय मन्त्रीमण्डल गठन गर्न गर्नुभएको हो ।
पहिलो चरणमा काग्रेसबाट बिमलेन्द्र निधिको नेतृत्वमा सरकारमा सहभागी भएको छ । निधिले उपप्रधान र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
यस्तै काग्रेसका रमेश लेखकले भौतिक योजना तथा यातायात मन्त्रालय सम्हाल्ने तय भएको छ । तर रक्षा मन्त्रीको जिम्मेवारी दिईएका काग्रेसका अर्जुननरसिंह केसीले भने गृहमन्त्री नदिएको भन्दै मन्त्री पद नै अस्वीकार गर्नुभएको छ ।
उहाले सपथ ग्रहण नै बहिस्कार गर्नुभयो । शेखर कोइराला परराष्ट्र मन्त्रालय सहित सरकारमा जाने बताइएपनि पहिलो चरणमा पर्नुभएको छैन ।
यस्तै माओबादी केन्द्रले कृष्णवहादुर महरालाई उपप्रधान र अर्थमन्त्रालय सम्हाल्ने गरी तीन जनाको नाम टुङग्याएको छ ।
माओबादीबाट पहिलो चरणमा मन्त्री हुनेमा दलजित श्रीपाइली र गौरीशंकर चौधरी हुनुहुन्छ । श्रीपाइलीलाई युवा तथा खेलकुद र चौधरीलाइ कृषि मन्त्रालयको जिम्मेवारी दिने माओबादी केन्द्रको निर्णय छ ।