काठमाडौं,२० साउन। नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ ।
उहाँले आज अपरान्ह तीन बजे राष्ट्रपति भवन शितल निवासमा एक विशेष समारोहका विच सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।
नवनिर्वाचित प्रधानमन्त्री सहित काग्रेस र माओवादी केन्द्रका गरी आधा दर्जन मन्त्रिले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
यो सगै सानो मन्त्रीमण्डल तय भए पनि बाकी काग्रेसको १३ र माओवादी केन्द्रको ८ र अन्यको ६ वटा मन्त्रालय कुन कुन लिने भन्ने टुंगो नभएका कारण पूर्ण मन्त्रीपरिषद् विस्तार हुन अझै केही दिन लाग्ने नेताहरुले बताएका छन् ।
प्रचण्ड हिजो नेपालको ३९ औं प्रधानमन्त्रीमा ३ सय ६३ मत ल्याएर निर्वा्चित हुनु भएको हो । उहाँको विपक्षमा २१० मत परेको थियो ।
यस्तै नव निर्वाचित प्रधानमन्त्री प्रचण्डको सरकारमा नेपाली कंग्रेस एक र माओावदी केन्द्रका एक गरी दुई उपप्रधानमन्त्री हुने भएको छ ।
उपप्रधानमन्त्रीमा कंग्रेसबाट विमलेन्द्र नीधि र माओवादी केन्द्रबाट कृष्ण बहादुर महरा रहनु भएको छ ।