तमोरमा बनेको तालको पानीले बाटो बनाए पछि घट्यो सतह

तमोरमा बनेको तालको पानीले बाटो बनाए पछि घट्यो सतह

  • बुधबार, साउन १९, २०७३
  • आलोक माबोहाङ् लिम्बू

  • 8.8K
    SHARES

९ श्रावण, ताप्लेजुङ  । सावादिन गविस स्थित लबरेमा तमोर नदीमा ३ सय मीटर माथिबाट पहरा खस्दा तमोर नदी थुनिएर असार २६ गते बनेको कृतिम तालको पानीको निकाश पूर्ण रुपमा भइरहेको छ ।

कृतिम ताल बनेको समयभन्दा अहिले पानीको सतह झण्डै ६ मीटरसम्म पानीको सतह घटेको छ ।

अहिले तमोरमा जति क्यूफीट पानी बहन्छ त्यति नै निकासी भईरहेको छ ।

कृतिम तालको बिभिन्न भागमा बालुवा ढुङ्गा जम्मा भएर बगर बनेको छ ।

tamor 2
पहरा झरेपछि तमोर नदी थुनिदा, १२० मीटर लम्बाई, ३५० मीटर चौडाई, र १० देखि १२ मीटर गहिराई भएको कृतिम ताल, गत श्रावण १ गते तापेथोकको सोत्लीमाबाट आएको पहिरोे र बाढीका कारण कृतिम तालमा बालुवा जम्मा भई तालको पानी निकासी भएको तर आफूहरु अझै पनि जोखिममा नै रहेको स्थानीयले बताए ।

tamor 3

स्थानीयले भनेको जस्तै तमोर नदीमा पानी सतप्रतिशत बहे पनि मित्लुङका स्थानी जोखिम मुक्त छैनन् । कृतिम तालमा पानीको सतह घटे पनि फुरुम्बुको पाक्वामा क्षेत्रमा तमोरले कटान गरी पानी बहिरहेको छ । तमोर नदी थुनिदा सावादिन १ निवासी जीवन नुगोको ९ जनाको परिवार र दिलकुमार नुगोको ७ जानाको परिवार विस्थापित भई मित्लुङमा बस्दै आएका छन् ।

अध्ययनका लागि जल उत्पन्न तथा नियन्त्रण विभागले श्रावण १६ आईतबार सिडिई श्रीकमल द्विवेदीको संयोजकत्वमा जिओलोजिष्ट ईन्जिनियर योजना न्यौपाने र डिभिजन कार्यालय नं १ झापाका ईन्जिनियर युवराज भण्डारीलाई तोकेको छ । सो टोली ताप्लेजुङ आईपुगेको छ । भोली बिहान अध्ययनको लागि कृतिम तालतर्फ जाने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

tamor 4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ