विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलका लागि राष्ट्रिय क्रिकेट टोली छनोट

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलका लागि राष्ट्रिय क्रिकेट टोली छनोट

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, १९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुने खेलका लागि राष्ट्रिय क्रिकेट टोली छनोट भएको छ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध उसकै घरेलु मैदानमा साउन २९ र ३१ गते खेल्दै छ। नेपाली टोलीको नेतृत्व पारस खड्काले गर्ने छन्।

ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दिप लामिछाने, बिक्रम शोब, राजेश पुलामी मगर र सुनिल धमला टोलीमा रहेका छन्।

बेलायतमा भ्रमणमा गएको टोलीमा सामान्य हेरफेर गर्दै नेदरल्याण्ड्सविरुद्ध खेल्ने टोली छानिएको हो।

बेलायत यात्रामा राम्रो प्रदर्शन गर्न नसकेका सुवास खकुरेल टोलिबाट बाहिरिएका छन् भने उनको स्थानमा सुनिल धमलाले अवसर पाएका छन्।

नेदरल्याण्ड्स यो प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा रहेको टोली हो।

नेदरल्याण्डसँग खेल्दाको पुरानो अनुभव र युरोपको पीचलाई ध्यानमा राख्दै टोलीलाई अन्तिम रुपमा दिएको प्रशिक्षक जगत टमाटाले जानकारी दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी