प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री निर्वाचीत

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री निर्वाचीत

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १९ साउन ।

१० वर्षे लामो शसस्त्र जनयुद्धको नेतृत्व गर्दै शान्ति प्रकृयामा आए पछि दोस्रो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नु भएको छ ।

आज संसदमा भएको निर्वाचनमा कुल सांसद मध्य ३ सय ६३ मतका साथ निर्वाचीत हुनु भएको हो । उहाको विकल्पमा कुनै पनि उम्मेद्धार नभए पनि २ सय १० सांसदले प्रचण्डको विपक्षमा मतदान गरेका थिए ।

संविधानको धारा २ सय ९८ को उपधारा ३ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपनियम ५ बमोजिम प्रधानमन्त्रीमा चयन हुनभएको सभामुख ओनसरी घर्तिले घोषणा गर्नुभयो ।

प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको एकल उम्मेदवारी परेपनि मत बिभाजनको प्रक्रियाबाट निर्णय लिइएको थियो ।

काग्रेस माओवादी र मधेशी मोर्चाको सहमति पछि दाहालको पक्षमा बहुमत पुगेको हो । आजको संसादमा कुल ५ सय ७३ सांसदहरु मतदानमा सहभागी भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेपछि दाहालले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुहुनेछ । नवनिर्वाचि प्रधानमन्त्री दाहालको शपथ भने भोली हुने भएको छ ।

दाहाललाई भोली अपरान्ह ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

भोली नै उहाले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ ।

दुईपटक प्रधानमन्त्री हुने उहा नेपालको पहिलो कम्युनिष्ट नेतासमेत बन्न सफल हुनुभएके छ । यस अघि २०६५ सालमा पनि प्रचण्ड ९ महिना पहिलो पटक प्रधानमन्त्री बन्नु भएको थियो । पहिलो संबिधान सभापछि प्रधानमन्त्री बन्नुभएका प्रचण्ड त्यसको सात बर्षपछि पुन उच्च कार्यकारी पदमा पुग्नुभएको छ ।
प्रधानमन्त्री चयन भएस‘गै संसद बैठक आगामी सोमबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ