काठमाण्डौ ,१९ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएमा आग्रह पूर्वाग्रह विना सबै दलसँगको सहकायमा अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।
संसदमा संबोधन गर्दै अध्यक्ष दाहालले सबै दललाई मिलाएर मुलुकलाई विकासको गतिमा अघि बढाउने प्रतिबद्धता जनाउनु भएको हो । कृषि ,पर्यटन ,यातायत लगायतका क्षेत्रमा लगानी बढाउदै मुलुकको विकास गर्ने बताउनु हुदै प्रचण्डले निषेधको राजनीति नभएर सहमति, सहकार्यको र एकअर्काको आवश्यकता बोधको राजनीति गर्ने धारणा राख्नुभयो ।
अब बन्ने सरकारले छिमेकी मुलुकसँगका सन्धी सम्झौता कार्यन्वयनमा ल्याउने भन्दै उहाले फाष्ट ट्रयाक नेपाल आफैले बनाउने प्रतिबद्धता जनाउनु भयो ।
गत साता राजिनामा दिने क्रममा प्रधानमन्त्री केपि ओलीले सन्धी सम्झौता तथा फाष्ट ट्रयाकको बिषयमा जिज्ञासा राखेपछि आज प्रचण्डले अबको सरकारले पनि ती बिषयहरुलाई प्राथमिकतामा नै राख्ने बताउनु भएको हो ।
बजेट जनमुखी बनाउने कुरामा होस् वा छिमेकी देशसँगको सम्बन्ध सुधार्ने विषयमा तत्कालीन सत्ता साझेदार दलको हैसियतले माओवादीको पनि भूमिका रहेको कुरालाई नभुल्न पनि प्रधानमन्त्री ओलीलाई प्रचण्डको आग्रह छ ।
उहाले प्रधानमन्त्री केपि ओली प्रति ब्यङग्य गर्दै भन्नुभयो प्रधानमन्त्री जी केहि समय जनतालाई भ्रम दिन त सकिएला तर ऐतिहासिक तथ्यलाई भुल्न सकिँदैन ।
सरकार सहमतीय नभएपनि मुद्धाहरुमा सहकार्य गरेर अखघि बढ्ने पनि बताउनु भयो ।