काठमाडौ १९ साउन ।
नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सरकारी निवास बालुवाटार छोड्ने तयारी गर्नुभएको छ ।
संसद बैठक सकिएपछि उहाँ बालुवाटारबाट आफ्नो निवास भक्तपुरको बालकोट फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई उहाँका समर्थकले बानेश्वरबाट स्वागत गर्दै बालकोटस्थित निवाससम्म पुर्याउने तयारी समेत गरेका छन् ।
स्वतन्त्र युवा अभियानले ओलीलाई बालकोटसम्म स्कर्टिङ गरेर लैजाने जनाएको छ । प्रधानमन्त्री पदमा रहँदा ओलीले राष्ट्रियता र विकासको पक्षमा काम गरेको भन्दै सम्मान गर्न लागिएको अभियानले जनाएको छ ।
ओली २०७२ साल असोज २४ गते व्यवस्थापिका संसदबाट मुलुकको ३८ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline