काठमान्डौ साउन १८।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अब बन्ने सरकारमा पार्टीका तर्फबाट मन्त्री छनोट गर्दा आफ्नो समूहबाट ४० प्रतिशत हुनु पार्ने दाबी गरेको छ ।
पौडेल पक्षीय केन्द्रिय सदस्यहरुको आज अनामनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नयाँ सरकारमा कांग्रेसले १३ वटा मन्त्रालय पाउने समझदारी भएको छ ।
यद्यपि सरकारमा सहभागी हुने दलहरु बढेमा त्यो संख्य घट्न सक्छ । बैठकले पार्टी सभापति एकलौटी ढंगबाट अघि बढेको भन्दै कुनै पनि काम गर्दा आन्तरिक छलफलपछि मात्र टुङ्गोमा पुग्न सुझाव दिएको छ ।
यस्तै पार्टीको केन्द्रिय कार्यसमितिको बैठक तत्काल बोलाउन पनि बैठकले माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline