१८ साउन, इलाम ।
अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।
वर्षाका कारण रम्भ्याङ गाउँमा पहिरो जाँदा छ घर उच्च जोखिममा परेका छन् भने अन्य ठाउँमा धाँजा फाटेको छ ।
एकवर्ष अघि पनि सोही ठाउँमा भीषण वर्षाका कारण पहिरो गएको थियो ।
जिर्मलेको तल्लो क्षेत्रमा रहेको सिद्धि खोलासँगै जोडिएर करिब एक किलोमिटर जति लामो पहिरो त्यस आसपासका घर नजिकै आइपुगेका कारण ती घर पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोले हालसम्म करिब २०० रोपनी बारी बगाइसकेको छ । अहिले पनि पहिरोमा लेदो बगिरहेका कारण त्यसका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने परिस्थिति सिर्जना भएको जनाइएको छ ।
पहिरोले गाउँनै जोखिममा परेपनि जिल्लाबाट कुनै पनि सुरक्षा निकायको टोली नपुगेको स्थानीयको गुनासो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline