ओलम्पिकमा रुसका २ सय ५० खेलाडी सहभागी हुने

ओलम्पिकमा रुसका २ सय ५० खेलाडी सहभागी हुने

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, साउन १७ । आसन्न रियो ओलम्पिकमा रुसका कम्तिमा २ सय ५० खेलाडी सहभागि हुन पाउने भएका छन् ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी आई.ओ.सी.को निर्देशनअनुसार विभिन्न खेलकुद संघका विश्व संस्थाहरुले अलग अलग मापदण्ड तय गर्दै यी खेलाडीको सहभागिता निश्चित गरेका हुन् ।

यस पटक रुसी खेलाडीहरुको लागि विशेष डोपीङ परीक्षणको व्यवस्था गरिएको छ । समग्र रुसी टिमको सहभागिताबारे आईओसीले निर्णय गर्न बाँकी रहे पनि विभिन्न खेलका २ सय ५० खेलाडीलाई सहभागिताको लागि स्विकृती प्रदान गरिसकीएको छ ।

एथ्लेटिक्सका भने सम्पूर्ण विधाका खेलाडी प्रतिबन्धित छन् । रुसमा खेलाडीको प्रदर्शन बढाउन ब्यापक मात्रामा प्रतिबन्धित शक्तिबर्धक औषधीको प्रयोग हुने गरेको र यसलाई राज्यले नै प्रायोजन र प्रोत्साहन गर्ने गरेको खुलाशा भएपछि विश्वभर सनसनी मच्चिएको थियो ।

केही राष्ट्र तथा खेलकुद संघहरुले समग्र रुसी टोलीलाई ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाउनुपर्ने माग गरे पनि आईओसीले भने खेलाडी सहभागि गराउने वा नगराउने भन्ने जिम्मा सम्बन्धित खेलकुद संघहरुलाई दिएको छ । रियो ओलम्पिक यही शुक्रबार ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी