काठमाडौं, साउन १७ ।
चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता यही साउन २४ गतेदेखि चितवनमा हुने भएको छ ।
स्पोर्टस् फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालका १० टोलीको सहभागिता हुनेछन् ।
प्रतियोगितामा एनआरटी र ब्वाइज युनियनसँगै तीन विभागीय तथा मोफसलका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यो प्रतियोगिताबाटै न्यूरोड टिम (एनआरटी)ले फुटबलमा पुनरागमन गर्दैछ । तीन वर्षअघि लिग खेल्न छाडेको एनआरटीले यसैपालादेखि ‘बी’ डिभिजन लिग पनि खेल्ने जनाएको छ ।
विजेताले तीन लाख तथा उपविजेता टिमले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline