म्यादी सरकारका प्रधानमन्त्रीले काम गर्न सक्दैन : भट्टाराई

म्यादी सरकारका प्रधानमन्त्रीले काम गर्न सक्दैन : भट्टाराई

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ,१७ साउन ।
पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्यादी प्रधानमन्त्री बन्न लागेको बताउनु भएको छ ।

रिपोटर्स क्लब नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले म्यादी प्रधानमन्त्रीले देशका लागि कुनै नयाँ काम गर्न नसक्ने बताउनु भयो ।

म्यादी सरकारले सुरुदेखि नै राम्रो काम गर्न नसक्ने र त्यस्ता प्रधानमन्त्रीलाई देश विदेश कसैले विश्वास गर्न नसक्ने भट्टाराईले बताउनु भयो ।

उहाँले सुरुमै ९ महिना म्याद तोकेर आएको म्यादी सरकारले सरकार फेर्ने र कुर्सी साटासाट गर्ने बाहेक कुनै नयाँ काम गर्न नसक्ने धारणा राख्नु भयो ।

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वा्चित राष्ट्रपति प्रणाली र व्यवस्थापिका संसद पूर्ण समानुपातिक बनाउनु पर्ने उहाँको भनाई छ । आफ्नो पार्टी दुई वर्ष्भित्र देशकै पहिलो पार्टी हुने भट्टराईको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ