१७ साउन, काठमाडौं ।
हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै आजबाट एक सातासम्म स्तनपान सप्ताह मनाइँदैछ ।
नेपाल लगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्ता सम्म विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन् ।
विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर सप्ताहव्यापी रुपमा स्तनपान सप्ताह मनाउने गरिन्छ ।
यस वर्षको स्तनपान सप्ताहको नारा ‘स्तनपानः दिगो विकासको आधार’ भन्ने तय गरिएको छ ।
बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाट मात्र पाइने भएकाले यस सम्बन्धि सचेतना जगाउने सप्ताहको मूल उद्देश्य हुने जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण कारण आमा र बच्चा दुवैलाई हानी हुने भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।
महिलाले शारिरिक सौन्दर्य विग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले बच्चालाई स्तनपान नगराई वैकल्पिक बस्तु खुवाउदा बालमृत्युको जोखिम बढीरहेको चिकित्सकहरुको भनाइ रहेको छ ।