सहिद भीमदत्तको स्मृति दिवस मनाइदै

सहिद भीमदत्तको स्मृति दिवस मनाइदै

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १७ साउन ।
सहिद भीमदत्त पन्तको ६४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसका अवसरमा सहिद भीमदत्त स्मृति प्रतिष्ठानले आज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

आज बिहान डडेल्धुरा बागबजार स्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ । यस्तै दिउँसो १२ बजे छात्रवृत्ति वितरण गरिने र उत्कृष्ट किसानलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको सहिद भीमदत्त स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभएको छ ।

किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते हत्या गरिएको थियो । गत वर्षको फागुन १९ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भीमदत्त पन्तलाई औपचारिक रुपमा सहिद घोषणा गरेको हो ।

सशक्त रुपमा किसान आन्दोलनमा उत्रिनु भएका उहाँ किसान नेताका रुपमा परिचित छन् । उहाँको जन्म डडेलधुरा स्थित हालको अमरगढी नगरपालिका कारीगाउँमा वि.सं. १९८३ साल मंसिर १० गते भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ