कञ्चनपुर, साउन १७।
बडिमालिका यातायातले नयाँ बस सञ्चालनमा ल्याएको विरोधमा सुदूरपश्चिम यातायात व्यवसायी संघले गरेको अनिश्चित सुदूरपश्चिम यातायात बन्द खुलेको छ ।
गत शनिबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेका यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालयबिच गएरातिको सहमति पछि यातायात बन्द खुलेको हो ।
गत शुक्रबार पक्राउ परेका पाँच जनालाई विना शर्त रिहा गर्ने, बडिमालिका यातायात प्रालिका अध्यक्ष कान्छा महर्जनलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालय कैलालीमा उपस्थित गराउने र अब बस्ने यातायात व्यवस्थापन समितिको बैठकसम्म बडिमालिकाको यातायात बन्द गर्ने लगायतमा सहमति जुटेसँगै सवारी सञ्चालन हुने भएको हो ।
यस अघि शुक्रबार बडिमालिका यातायात प्रालिले काठमाण्डौं धनगढी रुपटमा सवारी साधन चलाएको विषयलाई लिएर विवाद भएको थियो ।
बडिमालिका यातायात प्रालिसँग बैठकभई सहमति नभएसम्मका लागि सुदूरपश्चिमको यातायातमा सिण्डिकेट कायम रहने भएको छ ।