काठमाडौ १६ साउन ।
सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठूलो पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । राजमार्गको तानसेन–बुटवल सडकखण्ड अन्तर्गतको दोभान–१ स्थित पानी मिल र सिसुवाकोबीच ठूलाठूला ढुंंगासहितको पहिरो खसेपछि सवारी अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका साना सवारी साधन बुटवलतिरै फर्केका छन् । ठूलाठूला ढुंगा खसेकाले पहिरो हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेको थाहा पाउनासाथ प्रहरी सहित डोजर पठाइ सकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताउनु भयो ।
सडकमा पहिरो खसेपछि स्याङजा, पोखरा, बाग्लुङ, गुल्मी, अर्घाखाँची, लगायत जिल्लाकै विभिन्न स्थानबाट बुटवल हिँडेका र बुटवलबाट यसतर्फ आएका सवारी साधन बीच बाटोमै रोकिएका छन् । पहिरो खुलाउने प्रयास भैरहेको ट्राफिक प्रमुख आचार्यले बताउनसभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline