संसदको विकास समितिको बैठक आज बस्दै

संसदको विकास समितिको बैठक आज बस्दै

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ १६ साउन ।
मुलुकभर वर्षाले निम्त्यएको बाढी पहिरो र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा छलफल गर्न संसदको विकास समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेपछि सिंहदरबारस्थित समितिको सभाकक्षामा बोलाइएको छ । बैठकमा पछिल्लो समय अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो तथा त्यसबाट भएका जनधनको क्षतिका विषयमा सरोकाला पक्षसँग छलफल गर्ने तयारी छ ।

त्यस्तै बाढी पहिरोबाट सडक, पुल लगायत विभिन्न विकास आयोजनामा भएको क्षतिमा स्थानीय तथा केन्द्रिय स्तरबाट भएका उद्धार, राहत, क्षतिको न्युनिकरण र सो को रोकथामका लागि भएका पहलबारे बैठकमा छलफल हुने जनाएको छ ।

बैठकमा सरकारका मुख्य सचिव, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको समेत सहभागीता रहेने समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ