मकवानपुरमा रात्रि बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

मकवानपुरमा रात्रि बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, १६ साउन ।
मकवानपुरको रमनटारमा दुईवटा रात्री बस आपसमा जुधेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट गाईघाटका लागि छुटेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौंका तर्फ आउदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये विनोद चौधरी, सन्तोष चौधरी, मणिरत्न चौधरी र लक्ष्मीप्रसाद अधिकारीको मात्र नाम खुलेको छ । अन्यको सनखात हुन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइतेहरुको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएका ९ जनाको शव हेटौडा अस्पतालमा राखिएको छ । दुर्घटना करिब राति १२ बजेर ४० मिनेटमा भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ