लोकमानलाई महाअभियोग लगाउनै पर्छः भट्टराई

लोकमानलाई महाअभियोग लगाउनै पर्छः भट्टराई

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

साउन १५ धनगढी । नयाँशक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकामान सिंह कार्कीलाई महाअभियोग लगाउने बिषय संसदले अघि बढाउनु पर्ने बताउनु भएको छ ।
दलका नेताहरु आफै भ्रष्ट भएकाले महाअभियोगको विषयमा उनीहरु मौन बसेको भट्टराईको आरोप छ ।

पव्लिक मिडिया क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले सार्वभौम संसदले अख्तियार प्रमुखका बिषयमा कुरा उठाएपछि प्रक्रिया अघि बढाउनु पर्ने भन्दै जनस्तरबाट उठेको आवाजलाई सवोधन गर्नु पर्ने बताउनु भयो ।

भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावकारी नभएको तर्क गर्दै प्रधानमन्त्री र राष्ट्रपति माथि समेत छानविन गर्न सक्ने जनस्तरको आवाज सुनुवाई हुने लोकपाल समुह गठन हुनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको भट्टराईको भनाई छ ।

अकारण अहिलेको सरकार परिवर्तन भएको भन्दै यसले जनतामा राम्रो सन्देश नदिएको उहाको धारणा छ ।

५ वर्षसम्म सरकार संचालन गर्न पाउने स्थिरताका लागि संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू हुनुपर्ने उहाले बताउनु भयो ।

सीमामा भारतीय पक्षले एकतर्फी ढंगले बाँध निर्माण गर्दा नेपाली भूभागमा डुवानमा पर्ने समस्या रहेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान खोजिनु पर्ने भट्टराईको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ