बाग्लुङको अर्जेवामा एक सातादेखि विद्युत अवरुद्ध,

बाग्लुङको अर्जेवामा एक सातादेखि विद्युत अवरुद्ध,

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

बाग्लुङ,साउन१५।
निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा विद्युत पोल भाँचिएपछि बाग्लुङको दक्षिण गाबिसको अर्जेवा गाउँ अन्धकारमय बनेको छ ।

पहिरोले पर्वतको देविस्थान गाविस र अर्जेवामा रहेका तीन वटा विद्युत पोल भाँचिदा विगत एक सातादेखि विद्युत सेवा ठप्प बनेको हो ।

विद्युत सेवा ठप्प भएपछि अर्जेवा गाविस र आसपास क्षेत्रका झण्डै ५ सय वासीन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत सेवा अवरुद्ध भएको बारेमा पटक पटक नेपाल विद्युत प्राधिकरण बागलुङ शाखामा जानकारी गराएपनि अहिलेसम्म मर्मतका लागि पहल नभएको अर्जेवा सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका कोषाध्यक्ष कृष्ण बहादुुर थापाले जानकारी दिनुभयो ।

विद्युत सेवा ठप्प हुदा सो गाविसको बासिन्दाहरु मोवाईल चार्ज गर्न र अन्य कुटनी पिसनीको कार्यका लागि पर्वतको फलेवास तथा छिमेकी गाविसहरुमा जान बाध्य भएको थापाले बताउनु भयो ।

यसैविच खराब मौसमकै कारण पर्यटकीय जिल्ला ताप्लेजुङ स्थित सुकेटार विमानस्थल डेढ महिना अघिदेखि पूर्णरुपमा अवरुद्ध हुँदा हवाई यात्रुहरु मारमा परेका छन्।

वर्षाको समयमा दिनहुँ जसो हुस्सु लाग्ने भएकाले डेढ महिना अघि देखिनै उडान पूर्णरुपमा बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटक हवाई यातायातबाट वञ्चित भएका छन्।

हिमाली जिल्ला भएकाले मौसममा आइरहने खराबीका कारण नियमित उडान नहुँदा उनीहरु मारमा परेका हुन्। गएको मङ्सिरमा विमानस्थल कालोपत्रे गरेपछि पुसदेखि ताप्लेजुङ–काठमाडौँ सिधा उडान सञ्चालनमा आएको थियो।

सो बेलादेखि नै बेलाबेलामा आउने मौसम खराबीका कारण उडान अवरुद्ध हुँदै आएकोमा पछिल्लो डेढ महिनादेखि पूर्णरुपमै अवरुद्ध भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ