काठमाडौ १५ साउन ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक आमरण अनशनमा बस्दै आउनु भएका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अगुवाईमा आज काठमाडौंमा प्रदर्शन हुँदैछ ।
डा. केसीको समर्थक युवा समुहको आयोजनामा प्रदर्शन हुन लागेको हो । ‘डाक्टर केसीसँगै हिँडौं, भ्रष्टाचार बिरुद्ध उत्रौं’ भन्ने आह्वानका साथ बिहान ११ बजे माइतीघरमा प्रदर्शन हुने जनाएको छ ।
पछिल्लो समय १५ दिनसम्म अनसन बस्नु भएका डा. केसीले सरकारसँग सहमतिपछि अनसन तोडेपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पूरा नभएसम्म आन्दोलनका बाँकी कार्यक्रम जारी राख्ने बताउदै आउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline