भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित

भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ, १४ साउन ।

भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ ।

पहिलो खेलमा आज २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि सोहीस्तरकै प्रदर्शन गर्दै पराजय व्यहोरेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको दोस्रो खेलमा शुक्रबार नेपाल २६–२४, २५–२० र २५–२० को सोझो सेटमै पराजित भएको हो ।

पहिलो खेलको तुलनामा नेपालले दोस्रो खेलमा सुधारोन्मुख प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो ।

यो हारले भने नेपाली महिला टोलीले धेरै सिक्न बाँकी रहेको स्पस्ट पारेको छ । तर, यसअघिका खेलमा अझ फराकिलो हार बेहोर्ने बानी परेको नेपालले योपटक भने तुलनात्मकरुपमा सुधार गरेको हो ।

कुनै प्रतियोगिता खेल्नुअघि एक महिनामात्र तयारी गर्ने गरेकाले पनि टिम सेट नहुने खेलाडीहरुको गुनासो छ ।

विद्यालयस्तरदेखि नै भलिबलले ठाउँ पाएपनि त्यसपछि नियमित नहुँदा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा उत्रन कठिन हुने भलिबल विज्ञहरुको निष्कर्ष छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी