चीनसँगका पुराना सम्झौता कार्यान्वयन हुन्छ : प्रचण्ड

चीनसँगका पुराना सम्झौता कार्यान्वयन हुन्छ : प्रचण्ड

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

१४ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो सरकारका पालामा चीनसँग गरिएका सबै सन्धी सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले आज बिहान लाजिम्पाटमा चिनियाँ राजदूत वु चुन्ताईसँग भेटवार्ता गर्दै यस्तो बताउनु भएको हो ।

प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे बताउदैै अब केही दिनभित्रै आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने जानकारी राजदूतलाई गराउनु भएको थियो ।

उहाँले आफ्नो नेतृत्वमा बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता एवं शान्ति, पुनर्निर्माण र विकासका कामहरुलाई तिव्र गतिमा अगाडि बढाउने बताउनु भएको छ ।

साथै प्रचण्डले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने बताउनु भयो ।

भेटवार्ताका क्रममा चिनियाँ राजदूत चुन्ताइले प्रधानमन्त्री बन्ने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाइ अग्रिम बधाइ दिनु भएको छ ।

भेटमा राजदूत वुले अब बन्ने सरकारको नेतृत्व गर्न लागेकोमा प्रचण्डलाई चीन सरकारका तर्फबाट पूर्ण सहयोग र समर्थन हुने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ