धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको सङख्या १५ पुग्यो

धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको सङख्या १५ पुग्यो

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धनकुटा, १४ साउन ।

धनकुटाको परेवादिन गाविस वडा नम्बर–५ सिधुवामा यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङख्या १५ पुगेको छ ।

दुर्घटनामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित १५ जनाको मृत्यु भएको छ ।

सात जनाको घटना स्थलमै र आठ जनाको उपचारका क्रममा मृत्यु भएकोे हो । अझै २५ बढी घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संखुवासभाको मुढशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस हिजो दुर्घटना भएको थियो ।

दुर्घटनामा परि धनकुटाको परेवादिन–६ की तारा बस्नेत र उनकी ३ वर्षे छोरी रेश्मा, परेवादिन–७ धनकुटाकी अतिमाया तामाङको मृत्यु भएको छ ।

यस्तै सोही गाविसका खिनमाया भट्राई, धनकुटा लेगुवाका तेजबहादुर थापा, धरान–२ का बेदप्रकाश अग्रवाल, तेह्रथुम फुलेककी हेमा पौडेल, धनकुटा मारेकटहरेका बिरबहादुर काफ्ले, संखुवासभा मादीका टंक कटुवाल, धरानका चेतन मगर र बस चालक काभ्रेका सनम तामाङ रहेका छन् । अन्य ३ जनाको भने अझै परिचय खुलेको छैन ।

दुर्घटनामा परि घाइते भएकामध्ये २९ जनाको अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ