बाढीपहिराका कारण ७५ को मृत्यु भएको गृहको तथ्याङक

बाढीपहिराका कारण ७५ को मृत्यु भएको गृहको तथ्याङक

३१ जना घाइते र १२ जना बेपत्ता

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, १३ साउन ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु भएको गृह मन्त्रालयलले जनाएको छ ।

बाढी पहिरोका कारण ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ ।

मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा सात, बागलुङमा छ, पाल्पा र रोल्पामा चार चार, मकवानपुरमा तीन, अर्घाखाँची, झापा र रूपन्देहीमा दुई दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु, बारा र सप्तरीमा एक एक जनाको मृत्यु भएको छ ।

प्राकृतिक विपद्मा परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बागलुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रूपन्देहीमा एक एक जना घाइते भएका छन् ।

यसैगरी प्युठानमा चार, अर्घाखाँचीमा दुई, झापामा दुई तथा सुनसरी, दाङ, कास्की र कपिलवस्तुमा एक एक जना बेपत्ता भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ