आज भोटो जात्रा , उपत्यकामा सार्बजनिक विदा

आज भोटो जात्रा , उपत्यकामा सार्बजनिक विदा

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

१४ साउन, काठमाडौं ।

आज भोटो जात्रा, वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा मनाइदै छ ।

राजधानीमा विशेष कार्यक्रम गरी भोटो जात्रा मनाईदैछ । उता ललितपुरमा साझ रातोमछिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिदैछ ।

सो अवशरमा राष्ट्रप्रमुख विद्यादेवी भण्डारी ,प्रधानमन्त्री केपि ओली लगायतका संबैधानिक निकायका पदाधिकारीहरु सहभागी हुनेछन् ।

विशेष महत्वका साथमा मनाउने गरिएको यो जात्राको अन्तिम दिन भोटो देखाएपछि समापन हुन्छ ।

लोक मान्यताअनुसार टौदहका नागराज कर्कोटले नागिनीको आँखाको रोग निको पारेवापत किषानलाई दिएको भोटो खेतको आलिबाट हराएको र पछि मछिन्द्रनाथको जात्रामा अर्कैले लगाएर आएपछि किसानले आफ्नो भोटो भन्दै दाबी गरेपछि दुबै पक्षबीच खोसाखोस भयो ।

सो विवाद लिच्छवी राजा गुणकामदेवसमक्ष पुगेपनि पर्याप्त प्रमाणको अभाबमा भोटो कसको हो भन्ने निर्णय गर्न नसकेपछि प्रमाण लिएर नआउञ्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइ रथमा राखेर कसैको प्रमाण छ कि भन्ने जानकारी लिने उद्देश्यले अर्को वर्ष देखाए ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट पुजारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने जात्रा असार शुक्ल चौथिमा सकिने गर्दछ । भोटो जात्राको अवसरमा आज सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ