मैत्रीपूर्ण भलिबलमा नेपाल भारतसँग पराजित

मैत्रीपूर्ण भलिबलमा नेपाल भारतसँग पराजित

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, साउन १३ ।
राजधानीमाअ आजबाट सुरु भएको मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्ट्रिय महिला टोली भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।

दक्षिण एसियाको शीर्ष टोली भारतले नेपाललाई २०–२५, १९–२५ र २५–२७ ले पराजित गरेको हो । नेपालले भोली भारतविरुद्ध नै दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

विश्व भलिबलको वरीयतामा भारत ५७औं स्थानमा रहेको छ । नेपाल भने हालसम्म वरीयताविहीन छ ।

दक्षिण एसियाली खेलकुद सागमा महिला भलिबलतर्फ तीनपटक सहभागिता जनाएको भारतले तीनैपटक स्वर्णपदक जितेको छ ।

आसन्न १३औं सागको अभ्यासका लागि भन्दै भारतविरुद्ध २ मैत्रीपूर्ण खेलको व्यवस्था गरिएको हो ।

बलियो टोलीसँग खेल्दा खेलाडीको कौशल र टोलीको प्रदर्शन सुधारिने विश्वास नेपाली टोलीले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी