काठमाण्डौ, १३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दु गणतन्त्र स्वीकार गरेको बताउनुभएको छ । साथै उहाँले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने निश्चित भएको समेत बताउनुभयो ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भन्नुुभयो, ‘हिन्दु गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको छ, बाँकी मुद्दा महाधिवेशनपछि टुँगो लगाउँछौं ।’
उहाँले आगामी चैत्रमा महाधिवेशन हुने र महाधिवेशनबाटै संघीयताको बारेमा सहमति गर्ने जनाउनुभयो । पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भइरहेको उहाँको भनाई छ ।
राप्रपा अध्यक्ष राणाले पार्टी एकतापछि आफू राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापालाई अध्यक्ष बनाउने सहमति भएको पनि बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline