सागमा पदक बिजेता खेलाडी तथा प्रशिक्षक सम्मानित

सागमा पदक बिजेता खेलाडी तथा प्रशिक्षक सम्मानित

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

१३ साउन, काठमाडौं ।

सरकारले पूर्वघोषित निर्णय अनुसार १२औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई आज नगदसहित सम्मान गरेको छ ।

सागमा नेपालले ३ स्वर्णसहित ६० पदक जितेको थियो । जसमा २३ रजत र ३४ काश्य छन् ।

सागका ब्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले ५, रजत जित्नेले ३ र काश्य जित्नेले २ लाख नगद पाएका छन् । त्यस्तै समूहिक खेलतर्फ स्वर्ण जित्ने टोलीले २ लाख, रजत जित्नेले १ लाख र काश्य जित्नेले ५० हजार पुरस्कार पाएका छन् ।

यता स्वर्ण दिलाउने प्रशिक्षकले ३ लाख, रजत र काश्य दिलाउने प्रशिक्षकले क्रमसः २ र १ लाख पुरस्कार पाएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदकबिजेता १६९ खेलाडी र ६१ जना प्रशिक्षकलाई नगतसहित सम्मान गरे ।

सागमा स्वर्ण जितेका उसुकी नीमा घर्तीमगर र जुडोकी फूपूहृलामू खत्रीले ५र५ लाख पुरस्कार पाए । तर अर्को स्वर्ण जितेका फुटबल खेलाडीहरुलाई २र२ लाख दिइयो ।

फुटबलको हकमा भने सरकारले यसअघि नै ५ लाख दिने निर्णय गरिसकेकाले मन्त्रीपरिषदबाट निर्णय गराएर बाँकी ३ लाख उपलब्ध गराइने राखेप सदस्यसचिव केशव विष्टले जानकारी दिए ।

त्यस्तै २३ रजत बिजेता र ३४ काश्य बिजेता खेलाडीलाई पनि क्रमसः ३ र २ लाख नगतसहित सम्मान गरिएको छ ।

सदस्य सचिव विष्टका अनुसार सागका पदक बिजेता खेलाडीका लागि सरकारले आज करीव ३ करोड पुरस्कार वितरण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी