काठमान्डौ,साउन १३ ।
राजधानीमा आज देखि मैत्री पूर्ण महिला भलिवल खेल हुदै छ । नेपालले मैत्रीपूर्ण भलिवलमा आज भारतको सामना गर्ने छ ।
खेल आज र भोली त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ । नेपालले विनिता बुढाथोकीको कप्तानीमा खेल्ने सो खेल भारतीय टोलीलाई रोक्ने लक्ष्य लिएको छ ।
भारतीय टोलीले पूर्णिमा एमएसको कप्तानीमा सो खेल खेल्ने छ । नेपाल भलिवल संघको आयोजनामा छिमेकी मुलुक विच दुइ मैत्री पूर्ण खेल हुन लागेको हो ।
दक्षिण एसियाको शीर्ष टोली भारत विश्व भलिबलको वरियतामा ५७ औं स्थानमा छ । नेपाल भने हालसम्म वरियताविहीन रहेको छ ।
नेपालले घरेलु कोर्टमा यो दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्न लागेका हो । दुइ वर्ष अघि नेपालले माल्दिभसँग दुइ मैत्रीपूर्ण खेल खेलेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline