काठमाडौं, साउन १० । नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न आएको अन्तराष्ट्रिय क्रिकेट परिषदका प्रमुख सहितको टोलीले तत्कालीन क्यानको निर्वाचन प्रक्रिया र सरकारी हस्तक्षेपमा केन्द्रीत रहेर छलफल गरिरहेको छ ।
क्रिकेटका सरोकारवाला निकायसँग बिबादको तथ्य पत्ता लगाउन आएको टोलीले चतुरबहादुर चन्द नेतृत्वको बैधानीक प्रक्रिया र राखेपको भुमिकाको बिषयमा छलफल गरिरहेको हो ।
चन्द नेतृत्वको कमिटि र परिषदले गठन गरेको रमेश सिलवाल नेतृत्वको तदर्थ कमिटिसँगको छलफलमा आईसिसिको टोलीले निर्वाचनको प्रक्रिाया वैधानीक प्रावधान लगायतका विषयमा छलफल गरेको छ ।
आईसीसी टोलीले आजै राखेपका सदस्य सचिव केशर बहादुर विष्ट सहित पदाधीकारीहरुसग‘ छलफल गर्ने भएको छ ।
टोली गत मंगलबार नेपाल आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline