भक्तपुर, १२ श्रावण ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काँग्रेस र माओबादी केन्द्रको गठबन्धनको सरकार निर्वाचन नगर्न कै लागि बनेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले बर्तमान सरकार ढाल्नुको पछाडिको रहस्य तिनैवटा निर्वाचन नगर्ने उद्देश्यले गठन भएको बताउनु भयो । प्रचण्ड र देउवाको नेतृत्वको सरकार बिगतमा हेरिसकेको र उनीहरुले केही गर्ने छेक छन्द नभएको भन्दै यदि देश र जनताको पक्षमा उनीहरुले राम्रो काम गरे आफ्नो भनाई उल्टो हुने र त्यसले देशलाई लाभ हुने उहाँले बताउनु भयो ।
उहाँले ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीको समर्थन रहेको र अब बन्ने सरकारको काममा आफ्नो पार्टीको समर्थन निर्भर रहने भन्दै उहाँले नेपाल मजदुर किसान पार्टी प्रतिपक्षमै बस्ने बताउनु भयो । जसरी नेकपा एमालेको नेतृत्वको सरकारमा ओलीले सकारात्मक काम गरे जस्तै वर्तमान सरकारको प्रतिपक्षमा बसेर आफ्नो सबल भूमिका खेल्न सके काँग्रेस र माओबादी केन्द्रले गलत काम गर्न नसक्ने उहाँको भनाई छ ।
उहाँले भारतिय राजदुतको भूमिका नेपालका लागि घातक रहेको र उनलाई कारवाही गरि नेपालबाट पठाउनु पर्ने भन्दै भारतका लागि नेपाली राजदुत फिर्तासँगै उनलाई पनि बोलाउनु पर्ने भएता पनि त्यसो नभएको र नेपाल प्रतिको हेपाह प्रबृत्ति प्रष्ट रहेको बताउनु भयो । नेपालमा चिनियाँ राष्ट्रपति चिया पिउन नआउने बताउँदै उहाँले भन्नु भयो नेपाल सरकारसँग गरिएको मुख्य दूई सम्झौता रसुवा–गढी मार्ग र दक्षिण तराई सम्मको रेलमार्गको सम्झौता हुने र त्यसले नेपाललाई लाभ हुने बताउनु भयो ।
उहाँले शेरबहादुर देउवाले केपी ओलीको सरकारले चिनसँग गरेको सन्धी सम्झौतालाई निरन्तरता दिने भने जस्तै चिनका राष्ट्रपतिको आगमनको तयारी गर्नु पर्छ र गरिएका सन्धि सम्झौतको कार्यान्वयन तर्फ अगाडी बढ्न सक्नु पर्छ यदि त्यसो नभए काँग्रेस र माओबादी कताबाट परिचालन भएका छन् त्यसको पूर्ण प्रष्टाइ हुने बताउनु भयो । मधेश आन्दोलनको एक बुँदे कार्यक्रम रहेको भन्दै उनीहरुको भर्खरै नागरिकता लिएकाले समेत जन्मसिद्ध नागरिकको जस्तो अधिकार पाउनु पर्ने माग रहेको थाहा पाएर काँग्रेस र मओबादीले समर्थन गरेमा त्यो गलत निर्णय हुने उहाँले बताउनु भयो । बिगतका सरकारमा रहेका उनीहरुले किन त्यो माग गरेनन् भन्ने पुष्टि हुने भएको र यो माग बिदेशीको घच्घचाहटमा भएको उहाँको दाबी छ ।
प्रचण्डले केपी शर्मा ओलीलाई राजनेता भनेर जसरी सम्बोधन गरे त्यो बुझेर भने वा नबुझेर तर उनले राजनीतिमा दोहोरो भूमिका खेलेको उहाँले आरोप लगाउनु भयो । राष्ट्रपतिको भूमिका संंबिधान मै प्रष्ट भएको भन्दै उनले वर्तमान समयमा सहमतीको सरकार नबने बहुमतको सरकारको आह्रवान गर्ने र त्यसमा ठूलो दल काँग्रेसले बहुमत पु¥याउनु नसके दोस्रो ठूलो दल एमालेले सरकारको नेतृत्व लिन सक्ने र तीन महिनामा बहुमत पु¥याउन पर्ने उहाँले बताउनु भयो ।
सभामुखको भूमिका अपरिपक्क देखिएको भन्दै बिजुक्छेंले सभामुखले आफ्नो भूमिकालाई निश्पच्छे राख्न सक्नु पर्नेमा जोड दिनु भयो ।