काठमान्डौ,साउन १२।
भोली देखि सुरु हुने मैत्री पूर्ण महिला भलिवल खेलका लागि भारतीय टोली आज नेपाल आउदै छन् ।
नेपाली महिला भलिवल टोली र भारतीय महिला भलिवल टोलीले भोली र पर्सी राजधानीको त्रिपुरेश्वर स्थित राखेप कभर्ड हलमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली भारतविरुद्ध खेल्न पूर्ण रुपमा तयारी अवस्थामा रहेको नेपाल भलिवल संघले जनाएको छ । नेपालले विनिता बुढाथोकीको कप्तानीमा सो खेल खेल्नेछ ।
नेपालले घरेलु कोर्टमा यो दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्न लागेका हो । दुइ वर्ष अघि नेपालले माल्दिभसँग दुइ मैत्रीपूर्ण खेल खेलेको थियो ।
अन्तराष्टिय भलिवल महासँघले दिएको नया म्याटको अवसरमा नेपालले भारतीय टोलीसँग मैत्री पूर्ण खेल खेल्न लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline