आजबाट बर्षा कम हुने

आजबाट बर्षा कम हुने

  • बुधबार, साउन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं,१२ साउन ।

केहिदिनदेखि परिरहेको बर्षा आजबाट केहि कम हुने भएको छ ।
तर मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण अझै दुई दिन सम्म देशैभर बर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

नेपालमा वर्षा गराउन बंगालको खाडी र अरब सागर दुबैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

तर आजबाट भारी वर्षा भने क्रमशः घट्दै जाने उहाले बताउनु भयो । मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेका कारण नेपालमा बढी पानी परेको भएपनि अब कम हुने उहाको भनाई छ ।
बंगाल र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा उत्तरी हिमालमा ठोक्किएर नेपालतर्फ फर्किदा बढी वर्षा भएको महाशाखाले जनाएको छ । दक्षिण एसियाली मनसुनलाई मूख्य रुपमा प्रभाव पार्ने एलनिनोको अवस्था कमजोर हुँदै गएको र लानिनोको अवस्था बलियो भएकाले मनसुनको अन्त्यतिर झन् बढी वर्षा हुने मौसमविद्को निष्कर्ष छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ