पर्वत र प्युठानमा पहिरोमा परी चार जनाको मृत्यु

पर्वत र प्युठानमा पहिरोमा परी चार जनाको मृत्यु

  • बुधबार, साउन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,१२ साउन ।

प्यूठान फोप्ली ६ सिममा पहिरोले घर बगाउँदा थप तीन जनाको मृत्य भएको छ भने चार जना वेपत्ता भएका छन् ।पहिरोले चार घर बगाएको छ ।

मृत्यु हुनेहरुमा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती रहेका छन् । अविरल वर्षासँगै प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

हरिबहादुर केसी र उनकी श्रीमती, नरबहादुर बुढाथोकी र उनकी श्रीमती पहिरोमा परी वेपत्ता भएको प्रहरीले जनाएको छ । यो सँगै पहिरामा परी वेपत्ता हुनेको संख्या २४ पुगेको छ ।

पहिरोमा फसेका नानुमैया केसी र भीमसेन पुनको सकुसल उद्धार गरिएको छ ।

यसैबीच पर्वतको माझफाँट–३मा अविरल बर्षासँगै गएको पहिरोमा परि १२ वर्षकी अंकिताको मृत्युभएको छ । ८ जना घाइते भएका छन् ।

५० मिटरमाथिबाट झरेको पहिरोले माझफाँट–३ मा सञ्चालित धवलागिरी कपास उद्योगमा क्षति र्पुयाउँदा उद्योगमा बस्ने अंकिताको मृत्यु भएको हो ।

पहिरोले पुरिएर घाइते भएकी अंकिताको उद्धार गरी उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजाने क्रममा गर्दा बाटैमानै मृत्यु भएको प्रहरीले जनाएको छ । कपास उद्योगको केही भागमा पहिरोले क्षति पुगेको छ ।

घाइते मध्ये ७ जना म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका छन् भने बायाँ खुट्टामा गम्भीर चोट लागेका ३२ वर्षका सुवास थापाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ