ओलम्पिकमा जाने टोलीलाई राष्ट्रपतिबाट बिदाई

ओलम्पिकमा जाने टोलीलाई राष्ट्रपतिबाट बिदाई

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, साउन ११ । ब्राजिलको रियो दि जिेनेरियोमा हुन गइरहेको ओलम्पिक गेम्समा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन् ।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली टोलीका ‘सेफ डे मिसन’ एवं राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरिन् ।

ब्राजिलको रियोमा यही साउन २१ गतेदेखि हुन गइरहेको ओलम्पिक खेलकुदमा नेपालका एथ्लेटिक्स खेलाडीहरु हरिकुमार रिमाल र सरस्वती भट्टराई, पौडी खेलाडीहरु शिरीष गुरुङ र गौरिका सिंह, जुडोकी फुपूल्यामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तान सहभागी हुँदैछन् ।

गौरिका र जीतबहादुरबाहेक अरु ५ खेलाडीहरु नेपाली सेनामा आवद्ध छन् ।

यसैगरी, प्रशिक्षकतर्फ तेक्वान्दोकी संगीना वैद्य, पौडीका ईश्वर कार्की, एथ्लेटिक्सका पुष्प ओझा, जुडोकी देबु थापा र आर्चरीका दीपकराज गुरुङ पनि रियो ओलम्पिकका लागि ब्राजिल जाँदैछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी