बाढी पहिरोका बिषयमा सांसदद्धारा सरकारको ध्यानाकर्षण

बाढी पहिरोका बिषयमा सांसदद्धारा सरकारको ध्यानाकर्षण

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, ११ साउन ।

केहि दिनदेखिको अविरल बर्षाका कारण आएको बाढीले तराईका जनता विचल्लीमा परेको भन्दै सांसद्हरुले राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसद्को आजको बैठकमा शून्य र विशेष समय लिएर बोलेका सांसद्हरुले डुबानमा परेका जनताको तदारुकता साथ उद्दार गरी उनीहरुलाई खानेकुरा र अन्य अत्यावश्यकीय वस्तु उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद्हरुले डुबानमा परेका क्षेत्रहरुमा झाडापखालाको महामारीको संभावना रहेको भन्दै डुबानमा परेका जनतालाई निःशुल्क उपचारको सुविधा उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् ।

उनीहरुले डुबानमा परेका जनताले आतपकालिन बसोबासका लागि त्रिपालसम्म पनि पाउन नसकेको भन्दै डुबान प्रभावितहरुलाई तत्काल बसोबासको प्रबन्ध गर्नका लागि सरकारलाई रुलिङ्ग गर्न सभामुख ओनसरी घर्तीसँग आग्रह गरे ।

सांसद्हरुले बाढीबाट हरेक वर्ष तराईका जिल्लाहरु डुबानमा पर्दै आएपनि पूर्व तयारीमा ध्यान नदिएको भन्दै सरकारको आलोचना समेत गरे ।

केही दिनयता आएको बाढीका कारण तराईका जिल्लाहरुमा सयौं घर परिवार विस्थापित भएका छन् । सांसद्हरुले बाढीबाट कति परिवार विस्थापित भए र के कति क्षति भयो भन्नेबारेमा यथाशीघ्र जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ