चिकित्सा शिक्षा र का.विश्वविद्यालयमा हस्तक्षेप उपर छानविन समिति गठन

चिकित्सा शिक्षा र का.विश्वविद्यालयमा हस्तक्षेप उपर छानविन समिति गठन

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमान्डौ, ११ साउन।
चिकित्सा शिक्षा क्षेत्रमा अख्तियार जोडिएको विषय तथा काठमाडौं विश्वविद्यालयमा अख्तियारले गरेको हस्तक्षेपका विषयमा छानविन गर्न सुशासन तथा अनुगमन समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।

आज बसेको उपसमितिको बैठकले अख्तियार र काठमाडौं विश्वविद्यालयको बयान बाझिएको भन्दै त्यस बारेमा छानबिन गर्न उपसमिति गठन गरेको हो । उपसमितिमा उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी, पदमलाल चौधरी, जनकराज जोशी र मिलनकुमारी राजवंशी रहेका छन् ।

विश्वविद्यालयका पदाधिकारी र अख्तियारका अधिकारीहरूले दिएको बयानलाई केलाएर प्रतिवेदन बुझाउन उपसमितिलाई १० दिनको समय दिइएको छ ।

विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको र चिकित्सा क्षेत्रका विकृतिमा अख्तियार जोडिएको विषयमा छलफल गर्दा छानविन गर्न आवश्यक देखिएकाले समिति गठन गरिएको सांसद अमनलाल मोदीले जानकारी दिनु भयो ।

मोदीले आयोगविरुद्ध आन्दोलन उठ्ने स्थिति बनेको भन्दै सचेत हुन आग्रह समेत गर्नुभएको छ । बैठकमा सांसदहरुले अख्तियारलाई विवादमा नमुछिदिन आग्रह पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ