बाढीपहिरोको कारण २६ जनाको मृत्यु २० बढि बेपत्ता

बाढीपहिरोको कारण २६ जनाको मृत्यु २० बढि बेपत्ता

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ, ११ साउन ।

लगातारको वर्षापछिको बाढीपहिरोको कारण देशभर गरी २६ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् ।

प्युठानमा सोमबार रातिदेखिको अबिरल वर्षाका कारण ज्यान जानेको संख्या ८ पुगेको छ । १० जना बेपत्ता भएका छन् । झिमरुक नदीले बगाएर ल्याएका चार शव भेटिएको छ । पूजामा घर भत्किएर पुरिएका ३ जनालाई निकालिएको छ ।

यस्तै पहिरोले पुर्दा गुल्मीको हस्तिचौर गाविस १ मल्दीमा एकै परिवारका ३ र बिसुखर्क गाविसमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हस्तिचौरकी ४९ वर्षीय तुलसी दर्जी, उहाँकी आमाजु ६२ वर्षीय कालीका दर्जि र बुहारी १९ वर्षीय अस्मिता तथा बिसुखर्कमा गोपाल रानाका ८ वर्षीय छोरा सुजन र ६ वर्षीय छोरी सिमानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।

यस्तै पाल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु भएको छ । पहिरोले गोठाडी ५ हात्तीलुङ्गको नजिकमा पर्ने डमारमा तामबहादुर कनौजे मगरको घर पुरिदा उहाँसहित श्रीमती खगीसरा र १० वर्षिया छोरी यसोधाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै मकवानपुरको भिमफेदी गाबिस ५ सोलाभन्ज्याङमा पनि पहिरोले पुरीएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

सोलाभन्ज्याङका २५ बर्षिय टेकबहादुर रुम्बा, उहाँकी श्रीमती २३ बर्षिय पार्बती र छोरा ५ बर्षिय बिकासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो ।

उता क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका अनुसार जिल्लामा लगातारको वर्षाका कारण पूर्वमा खोलाले बगाएर ३ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा ८ जना पुरुष र २ जना महिला रहेका छन् ।

यस्तै अर्घाखाँचीमा खोलाएर बगाएर १ जनाको मृत्यु भएको छ । ठाडामा पहिरोले घर बगाउदा प्रेमबहादुर घर्तिकी १७ वर्षिया छोरी शारदाको मृत्यु भएको हो ।

यस्तै पहिरोमा पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ । तीन जना पहिरोमा पुरिएका छन् ।

यस्तै रुपन्देहमा खोलाले बगाउँदा एक दम्पतीको ज्यान गएको छ । स्थानीय कञ्चन खोलाले बगाउदा सालझण्डी १ फुलबारीका ६० बर्षिय छबिलाल गाहा र उहाँकी श्रीमती ५५ बर्षिय हुमकलीको ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

यस्तै बालुवा निकाल्न गएकी कास्कि पोखरा—२७ हेम्जाको नमुना टोल बस्ने मोतीकला छन्त्याललाई सेती नदीले बगाएको प्रहरीले जनाएको छ ।

यस्तै बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दजनौं बस्ती पहिरोको जोखिममा परेका छन् । ३ दिनदेखीको बर्षाका कारण पहाडी क्षेत्रका खोलानाला बढेकोले तराइमा पनि डुवानको खतरा बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ