काठमाण्डौ, ११ साउन ।
रुसका ७ जना पौडी खेलाडीले रियो ओलम्पिकमा खेल्न नपाउने भएका छन् ।
पौडी प्रतियोगिताको अन्तर्राष्ट्रिय नियामक संस्था फिनाले डोपिङमा असफल भएका सात जना रुसी पौडी खेलाडीलाई ब्राजिलमा हुने ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।
अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि आइओसीले रुसी खेलाडीसँग सम्बन्धित डोपिङको विषयको निर्णय सम्बद्ध खेलको नियामक संस्थाले अन्तिम फैसला गर्ने निर्णय गरेको थियो ।
त्यही अनुसार फिनाले डोपिङमा असफल भएका सात पौडी खेलाडीलाई प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाइएका खेलाडीमा डोपिङको प्रमाण फेला परेको फिनाले जनाएको छ ।
रुसमाथि सरकारकै सहयोगमा खेलाडीलाई शक्तिवर्धक औषधि दिने गरेको आरोप लाग्दै आएको छ । तर रुसले भने सबै आरोप अस्वीकार गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline