राष्ट्रिय महिला क्रिकेटको उपाधी एपीएफलाई

राष्ट्रिय महिला क्रिकेटको उपाधी एपीएफलाई

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ११ साउन ।
राजधानीमा जारी राष्ट्रिय महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधी विभागिय टोली सशस्त्र प्रहरीको एपिएफले जितेको छ ।

पूर्वाच्चललाई १० रनले हराएर एपीएफले उपाधी हात पार्यो । निरन्तर पानी परे पछि १० ओभरमा झारीएको खेलमा टस हारेर व्याटीङको निम्तो पाएको एपीएफले एक विकेट गुमाएर ६४ रन जोड्यो ।

६५ रनको लक्ष्य पछ्याएको पूर्वाच्चलले ५४ रन मात्र बनाउन सक्यो । बिजेता टोलीले ट्रफी सहित नगद एक लाख हात पारेको छ ।

आजको फाइनल विजेता र अन्य टोलीको उत्कृष्ट खेलाडीलाई छनोट गरी अक्टोबर ९ तारीखमा हङकङमा हुने महिला विश्वकपको एसियाली छनोटका खेलका लागि २४ जनाको राष्ट्रिय महिला क्रिकेट टोली तयार गरिनेछ ।

प्रतियोगितामा नेपालले आयोजक हङकङ, चीन र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोलीले ग्लोबल छनोट खेल खेल्ने अवसर समेत पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी