सप्तकोशी नदीको पानीको बहाव प्रतिसेकेण्ड २ लाख ६४ हजार ७ सय घनफिट , जलस्तर यो बर्षकै उच्च

सप्तकोशी नदीको पानीको बहाव प्रतिसेकेण्ड २ लाख ६४ हजार ७ सय घनफिट , जलस्तर यो बर्षकै उच्च

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सुनसरी , ११ श्रावण।

दश दिनयता लगातारको बर्षाको कारण कोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च रेकर्ड भएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव यसबर्षकै उच्च भएपछि खतराको संकेत रातो बत्ती बालिएको छ ।

विहान १० बजे नदीमा प्रतिसेकेण्ड २ लाख ६४ हजार सात सय घनफिट पानीको बहाव मापन गरिएको छ  । कोशी ब्यारेजका ५६ मध्ये अहिले ३५ वटा ढोका खोलिएको छ ।

बिहान ५ बजे जलस्तर केही घटेपनि अहिले निरन्तर बढीरहेको कोशीब्यारेजको सुरक्षार्थ  खटिएका सइ भीमराज थेवेले जानकारी दिनुभयो ।

निर्माणको समयमा नौ लाख ५० हजार घनफिट पानी नियन्त्रण गर्ने क्षमता भएपनि ब्यारेजको संरचना ५० बर्ष पुरानो र बालुवाले नदीको सतह उकासेका कारण अहिले सो को आधामात्र पानी नियन्त्रण गर्न सक्ने प्राविधिकले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ