राष्ट्रिय महिला क्रिकेट छनोटको फाइनलमा आज एपिएफ र पूर्वान्चलबीच प्रतिस्पर्धा हुदै

राष्ट्रिय महिला क्रिकेट छनोटको फाइनलमा आज एपिएफ र पूर्वान्चलबीच प्रतिस्पर्धा हुदै

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ ११ साउन । 

राजधानीमा जारी राष्ट्रिय महिला क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ र पूर्वान्चलबीच प्रतिस्पर्धा हुदैछ ।

खेल बिहान ९ बजेपछि किर्तिपूरस्थित टीयु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा मध्यपश्चिमान्चललाई ९ विकेटले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो ।

यस्तै हिजो भएको दोस्रो सेमिफाइनल सुदुरपश्चिमान्चलमा नेट रनरेटका आधारमा पराजित गर्दै पूर्वान्चलले एपिएफसँग उपाधि भिडान्त तय गरेको हो ।

सुदुरपश्चिमसँग ८ ओभरको खेल चरिरहँदा वर्षाका कारण खेल प्रभावित भएपछि पूर्वान्चल नेटरनरेटका आधारमा फाइनलमा पुगेको हो ।

आजको फाइनल विजेता र अन्य टोलीको उत्कृष्ट खेलाडीलाई छनोट गरी अक्टोबर ९ तारीखमा हङकङमा हुने महिला विश्वकपको एसियाली छनोटका खेलका लागि २४ जनाको राष्ट्रिय महिला क्रिकेट टोली तयार गरिनेछ ।

प्रतियोगितामा नेपालले आयोजक हङकङ, चीन र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोलीले ग्लोबल छनोट खेल खेल्ने अवसर समेत पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी