लिखित प्रतिबद्धता नआए मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी नहुने

लिखित प्रतिबद्धता नआए मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी नहुने

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं ,१० साउन ।
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी मोर्चाको माग संबोधन नभए प्रधानमन्त्री चयनका क्रममा मतदान नगर्ने बताउनु भएके छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै कर्णले आफूहरुले उठाएका जायज मागवारे काग्रेस माओवादी गटबन्धनबाट अहिलेसम्म वचनवद्धता मात्रै व्यक्त भएकाले पर्ख र हेरको नीति मधेसी मोर्चाले लिएको स्पष्ट पार्नुभयो ।

कांग्रेस र माओवादी पनि दुधले धोएका पार्टी नभएको टिप्पणी गर्दै उहाले भन्नुभयो ‘हामीले अघि सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रबितद्धता नआएसम्म हामी सरकारमा सहभागी हुँदैनौं, नयाँ प्रधानमन्त्री चयन गर्दा भोट पनि हाल्दैनौं ।’

अब बन्ने नयाँ सरकारले मोर्चाले अघि सारेका महत्वपूर्ण चार बुँदे आन्दोलनमा घाईते भएकाहरुलाई औषधी उपचार गर्ने, मुद्या फिर्ता लिने, बन्दीहरुलाई तत्काल रिहाई गर्ने, सहिद घोषणा गर्ने र निश्पक्ष न्यायिक छानविन आयोग गठन गर्ने लगायतका लिखित प्रतिबद्धता आए सरकारमा जानेवारे निर्णय गर्ने कर्णले स्पष्ट पारे जानकारी गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ