विप्लव माओवादीको बन्दको कारण देशभरको जनजीवन प्रभावित ,दर्जनौ नेता कार्यकर्ता पक्राउ

विप्लव माओवादीको बन्दको कारण देशभरको जनजीवन प्रभावित ,दर्जनौ नेता कार्यकर्ता पक्राउ

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ, १० साउन ।
सर्लाहीको सागरनाथ वन परियोजनामा बसोबास गर्दै आएका सुकुम्बासी माथि सरकारले दमन गरेको भन्दै विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज बिहानैबाट उपत्यका सहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन बन्द छ भने शिक्षण संस्था उद्योग धन्दा पनि ठप्प रहेको छ । बन्दमा कुनै अमानवीय घटना घटना नदिन ठाउँ ठाउँमा सुरक्षकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले काठमाडौको प्रदर्शनी मार्गस्थित आर आर क्याम्पस अगाडि सिनामंगलबाट रत्नपार्क आउदै गरेको बा १ ह ४१०७ नम्बरको ट्म्पो तोड फोड गरेको छ । यस्तै बागबजारस्थित एनसिसी बैक अगाडि पनि बा १३ च १७ ७२ नम्बर ट्रक तोडफोड भएको जनाएको छ ।

यसैगरी उपत्यकाका विभिन्न स्थानमा ट्याक्सीमा तोडफोड र आगजनी गरेका छन् । सामाखुसी र गोङगबु जाने बाटोको बिचमा बा १ ज २८६ नम्बरको ट्याक्सीमा बिहान दुई बजेर २० मिनेटमा तोडफोड भएको छ ।

यस्तै नयाँबानेश्वरको उकालो संसद भवन नजिकै पनि पौने ४ बजे बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ । बानेश्वरमा ट्याक्सीमाथि आगजनि गरेको आशंकामा प्रहरीले दुई जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।

यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले ललितपुरको मंगल बजारमा १ ट्याक्सी तोडफोड गरेका छन् । लालितिपूरको नख्खुमा बा ४ ख १८ ७० यात्र बसमा पनि तोडफोड भएको जनाएको छ ।

यस्तै काठमाडौको मीनभवनमा ट्याक्सी जलाउने काममा संलग्न भएको आरोपमा प्रहरीले अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुमाल पक्राउ परेको काठमाडौं प्रहरी परिसर प्रमुख विक्रमसिंह थापाले जानकारी दिनुभयो ।

मीनभवन र गोंगबुमा आज बिहानै बन्दकर्ताले ट्याक्सीमा आगजनी गरिएको हो । बन्दकर्ताहरुले यात्रुको रुपमा चढेर पेट्रोल छर्किएर आगजनी गरेको बताइएको छ ।

यस्तै उपत्यका विभिन्न स्थानबाट हिजो साँझ र आज गरी ६८ जना माओवादी नेता कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बानेश्वर, गौशाला र महाराजगन्जका प्रहरी बृत्तहरुमा राखिएको छ ।

उता कास्कीमा नेकपा माओवादी पार्टी कार्यालयबाटै प्रहरीले कास्की जिल्ला सह सचिव विजय लामा, प्रकाश बास्तोला र अशोक भण्डारी गिरफ्तार भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ