उपत्यकामा दुईवटा ट्याक्सीमा आगजनी , ६४ जना माओवादी कार्यकर्ता पक्राउ

उपत्यकामा दुईवटा ट्याक्सीमा आगजनी , ६४ जना माओवादी कार्यकर्ता पक्राउ

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ ,१० साउन ।
बन्दको अवज्ञा गरेको भन्दै विप्लब नेतृत्वको नेकपा माओवादीले एकाबिहानै उपत्यकामा दुई वटा ट्याक्सीमा तोडफोड र आगजनी गरेको छ ।

सामाखुसी र गोङगब जाने बाटोको बिचमा बा १ ज २८६ नम्बरको ट्याक्सीमा बिहान दुई बजेर २० मिनेटमा तोडफोड भएको छ ।

यस्तै नयाबानेश्वरको उकालो संसद भवन नजिकै पनि पौने ४ बजे बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

बानेश्वरमा ट्याक्सीमाथि आगजनि गरेको आशंकामा प्रहरीले दुई जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।

यस्तै उपत्यकाबाट अहिलेसम्म बन्द गराउदै हिडेका ६४ जना माओवादी नेता कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये तीन जना ललितपुरबाट र अन्य काठमाण्डौका बिभिन्न स्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई बानेश्वर , गौशाला र महाराजगन्जका प्रहरी बृत्तहरुमा राखिएको जनाईएको छ ।

यसैबीच उपत्यकामा बिहानैबाट बन्दको प्रभाव परेको छ ।
सार्वजनिक यातायातका साधन चलेका छैनन् भने उपत्यकाबाट बाहिरि जिल्ला जाने लामो दुरीका सवारी साधन पनि सन्चालनमा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै थानकोट , फपिङ लगायतका स्थानबाट काठमाण्डौ भित्रिने यातायातका साधनपनि बिहानै केहि आएपनि अहिले सन्चालनमा नभएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ