एपिएफ सेमिफाईनल प्रवेश , सुदुरपश्चिमान्चलको विजयी सुरुवात

एपिएफ सेमिफाईनल प्रवेश , सुदुरपश्चिमान्चलको विजयी सुरुवात

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,९ साउन ।

महिला राष्ट्रिय क्रिकेट टोलीको छनौट प्रतियोगितामा विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले मध्यपश्चिमलाई ९ विकेटले पराजित गर्दै सेमिफाईनल यात्रा लय गरेको हो । पहिलो खेलमा मध्यामन्चललाई हराएको थियो ।

मध्यपश्चिमान्चलले प्रस्तुत गरेको ६५ रनको लक्ष ११ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । एपिएफको जितमा सिता राना मगरले सर्वाधिक २८ रन बनाईन ।

पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ओभरमा सात विकेट खर्चेर मात्र ६४ रन बनाउन सक्यो

यसअघि आजै भएको पहिलो खेलमा सुदुरपश्चिमान्चलले बिजयी सुरुवात गरेको छ । पश्चिमान्चललाई ७ विकेटले हराउदै सुदुपश्चिमान्चलले विजयी सुरुवात गरेको हो ।

जितका लागी पाएको ९३ रनको सामान्य चुनौति सुदुरपश्चिमान्चलले ६ बल अगावै ३ वीकेट गुमाएर भेट्टायो ।

सुदुपश्चिमान्चलले टस जितेर पहिले फिल्डीङ रोजेपछि ब्याटिङमा आएको पश्चिमान्चलले निर्धारीत २० ओभरमा ३ विकेट गुमाउदै ९२ रन बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी