साउन ८ काठमाण्डौं ।
राष्टिय महिला क्रिकेट प्रतियोगिता अन्तरगत आज पनि दुइ खेल हुदै छ ।
आज हुने खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र मध्यपश्चिम तथा पश्चिमाञ्चल र सुदुरपश्चिम विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यस्तै हिजो भएको खेलमा एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगितामा एपिएफले मध्यमाञ्चल क्रिकेट टिमलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।त्यस्तै पूर्वाञ्चलले पश्चिमाञ्चल क्रिकेट टीमलाई ९ विकेटले हराएको हो ।
प्रतियोगीतामा बिजेता टोलीलाई एक लाख र उपविजेतालाई ५० हजार रुपैया सहित शिल्ड प्रदान गरिने छ ।
हङकङमा हुन लागेको विश्वकप छनौट एशिया २०१६ को लागि राष्ट्रिय टिम छनौट गर्न यो प्रतियोगीता आयोजना गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline