आङकाजीले सुभाष नेम्वाङलाई गधाको आरोप लगाए

आङकाजीले सुभाष नेम्वाङलाई गधाको आरोप लगाए

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

साउन ९ काठमाण्डौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा अहिले एमालेबाट छुट्टिएर र अन्य केही समुह मिलेर बनेको संघीय समाजवादी पार्टीका नेता हुन् ।

उनी एमालेका पूर्व सोलु जिल्ला पार्टीका सचिवालय सदस्य थिए ।
उनी पहिलो संविधान सभाको अन्त्य तिर संघीयताको आन्दोलनका क्रममा आर्यसमुदाय लक्षित गालीगलौज र तिखो बोलीका कारण आलोचनाको शिकार भएका थिए ।
तीनै आङकाजी शेर्पाले फेरी एक पटक एमाले नेता तथा पूर्व सभामुख अधिवक्ता सुभाष नेम्वाङ विरुद्ध गधाको संज्ञा दिएर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
उनले स्टाटसमा सुभाष नेम्वाङको केही डिम तस्वीर राख्दै गधालाई नचिनेको भन्दै मालिक हराएकामा गधा रोएको भनी आफ्ना पूर्व नेतालाई व्यङग्य गरेका छन् ।
यद्यपि उनले आफ्नो नामलाई पनि गधासगै जोडेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध सदनमा परेको अविस्वासको प्रस्तावको सन्दर्भमा सुभाष नेम्वाङले बोलेको विषयलाई शेर्पाले यसरी टिप्पणी गरेका हुन् ।
शेर्पा लगायत पहिचानवादी आन्दोलनकारीले नेम्वाङलाई पहिचान विरोधी जनजाति नेताको रुपमा चित्रण गर्दै आएका छन् ।
उनको स्टाटस यस्तो छ :

untitled

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ